हेल्पलाइनको प्रचारमा अझ ध्यान पुर्याउनुपर्छ : अध्यक्ष तिमल्सिना

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक हिंसापीडितलाई सहजरुपमा उजुरी गर्नका लागि प्रत्येक पालिका र चोकचोकमा हेल्पलाइन सेवा ११४५ सम्बन्धी प्रसारप्रचारको व्यवस्था मिलाउन महिला आयोगलाई आग्रह गरेका छन् ।
लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोगले ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ स्थापना गरी सञ्चालनमा ल्याएको पाँच वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेकै बेला महिलामाथि भएका घटनाले समाजलाई चुनौती दिएको बताए ।
अध्यक्ष तिमिल्सिनाले भने, “पीडितलाई घटनास्थलमै पुगेर सम्मानका साथ पुनःस्थापित गर्न सक्नुपर्छ, सभ्य समाजको कलंकका रुपमा रहेको लैङ्गिक हिंसा आफैँबाट न्यूनीकरण गर्न प्रभावकारी प्रयासको थालनी हुनुपर्छ ।”
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला अधिकारको सशक्तिकरणमा लाग्नुहुने विभिन्न सहयोगी संघसस्थाले समाजका लैङ्गिक हिंसामा पीडितलाई सामाजिक पुनःस्थापना र पारिवारीक पुनःमिलनमा सहयोग पुर्याएको बताउ ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरिक्षक किरण राणा, मिरा चौधरी, किरण बज्रचार्य र दुर्गा सिंह, महिला तथा बालबालिका एकद्वार संकट व्यवस्थापन केन्द्र पाटन अस्पतालका डा सिर्जना कुँवर, कोशिस नेपाल, आयोग हेल्पलाइनका कविता खड्का, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी निरीक्षक सपना खड्कालाई लैङ्गिक हिंसा रोकथाम नियन्त्रण कार्यमा योगदान पुर्याएवापत सम्मान गरियो । कार्यक्रममा लैङ्गिक हिंसा पीडित सीता सुवेदीलाई पनि सम्मान र पुरस्कार प्रदान गरियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया