सुदूरपश्चिम प्रदेशसभामा छ दलको प्रतिनिधित्व, जसपा र लोसपा बाहिरिए

सुदूरपश्चिम - सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन । त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन् ।
पहिलो कार्यकालमा शून्य उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीबाट अहिले प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन् । यस्तै राप्रपाबाट पनि पहिलोपटक प्रदेशसभामा एक सदस्यको उपस्थिति हुने भएको छ । प्रत्यक्षतर्फ निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न नसकेको उक्त दलले समानुपातिकमा पाएको मतका आधारमा एक सदस्य निर्वाचित भएको हो । एक स्वतन्त्र सदस्यको समेत प्रदेशसभामा उपस्थिति हुँदैछ ।
यसअघिको प्रदेशसभामा एमालेबाट २५ सदस्य निर्वाचित भएकामा दोस्रो चुनावमा दशजनामा सीमित हुन पुगेको छ । पार्टीमा भएको विभाजनका कारण एमालेका १४ सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेपछि प्रदेशसभा उक्त दल ११ सदस्यमा सीमित भएको थियो । यस्तै पहिलो प्रदेशसभामा १४ जना सदस्य जितेको माओवादी केन्द्र यो चुनावमा प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ जनामा सीमित भएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया