मुस्ताङमा मोडल तथा अभिनेता निराजन प्रधानको नयाँ म्युजिक भिडियो

काठमाडौँ- मोडल तथा अभिनेता निराजन प्रधानको नयाँ म्युजिक भिडियो आउने तयारीमा छ । एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय दिइरहेका निराजनको नयाँ भिडियोको सुटिङ यति बेला मुस्ताङमा भइरहेको छ ।
यो नयाँ भिडियोलाई लामो समयको अन्तराल पछि रिबेल प्रोडक्सनले बजारमा ल्याउन लागेको हो । कमल खत्रीको आवाज रहेको सुन र चाँदी बोलको गीतमा धमाधम सुटिङ चलिरहेको छ ।
विभोर पोखरेलको निर्देशनमा तयार हुने गीतको टिम अहिले मुस्ताङमा छ । सोही गीतमा फिर्चड निराजन प्रधान छन् । गीतको भिडियो बजारमा आउन दुई हप्ता लाग्ने निर्माण टिमले बताएको छ ।
छायाकंन स्थलबाट सार्वजनिक भएका तस्बिरहरू हेर्दा सुन्दर र रमर्णय स्थानमा छायाकंन हुनुका साथै निराजन प्रधानको म्युजिक भिडियोमा एक्सन हुन सक्ने अनुमान लगाउन सकिन्छ । यो भिडियोको छायाकार मिलन शंकर रहेका छन् ।
लामो समयदेखि म्युजिक भिडियोमा अत्यधिक व्यस्त मोडलको परिचय बनाएका प्रधानले अहिलेसम्म हजारभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् । दर्शकहरूबाट धेरै रुचाइएका कारण उनले एकमाथि अर्को अवसर पाउँदै आएका छन् ।
निराजनले विभिन्न फिल्ममा अतिथि भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । उनले अहिले सम्म लोकप्रिय निर्देशक तथा नयाँ पुस्ताका अभिनेत्री र मोडलहरूसँग काम गरिसकेका छन् ।
श्रावण २० मा प्रदर्शन भएको फिल्म ‘म’ बक्स अफिसमा असफल भए पनि निराजनले गरेको अभिनयले निकै राम्रो तारिफ पाएको थियो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया