सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध

फाइल तस्वीर

काठमाडौं -सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि नै आफ्नो सेवा अवरुद्ध भएको एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ।

एनसेलले सो अवरुद्ध सेवाका लागि सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। एनसेलले सूचनामार्फत सडक बिस्तारको क्रममा सेवा अवरुद्ध भएको भन्दै यसले सेवामा पर्न गएको असुविधाका लागि क्षमा मागेको छ।

‘कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको छ,’ एनसेलले भनेको छ। यसका साथै अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध समेत गरेको छ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं। हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम