छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले गरे प्रदर्शन

काठमाडौँ- त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् ।
सप्तरी घर भइ हाल सानेपा बस्दै आएकी सदीक्षा चौधरी बुधबार राति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुख, विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले दिएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले उनलाई निलम्बन गर्न माग गर्दै बिहिबार प्रदर्शन गरेका हुन् ।
विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन विभाग प्रमुख लोहनीलाई बिहीबार नै निलम्बन गरिएको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले एक सूचना मार्फत जानकारी दिएका छन् ।
कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरू घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा राखिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया