भिरबाट लडेर दार्चुलामा दुई जनाको मृत्यु

दार्चुला - दार्चुलामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भिरबाट खसेर मृत्यु भएको हो ।
लाली बजारतर्फ आउदै गर्दा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए । त्यस्तै, बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया