सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

एलओडी क्लबमा आज राति 'टिम्मी ट्रम्पेट'ले नचाउने

काठमाडौँ- ठमेलस्थित एलओडी क्लबमा आज (बुधबार) राति टिम्मी ट्रम्पेटले आफ्नो प्रस्तुति दिने भएका छन् । उनी विश्वकै सयौँ डिजे र्‍याङ्कीकको आठौँ नम्बरमा पर्छन् ।

सीमित टिकट मात्र उपलब्ध भएकाले इच्छुक संगीतप्रेमीलाई बुक गर्नका लागि एलओडी क्लबले अनुरोध गरेको छ । इभेन्ट अगाडि तथा समयमै टिकट खरिद गरेमा ग्राहकलाई कम्प्लिमेन्ट्री स्वरूप क्लबले ड्रिङक्स उपलब्ध गराउने छ ।

डिजे संगीतका पारखीलाई टिम्मीको प्रस्तुतिले एकसाथ नचाउने भएको छ । साथै क्लबले  संगीतका पारखीलाई टिम्मीको प्रस्तुतीले छुट्टै मनोरञ्जन प्रदान गर्ने विश्वास लिएको छ । संगीतका पारखीलाई सुरक्षित वातावरणमा मनोरञ्जन प्रदान गर्ने क्लबले जनाएको छ ।

आजको भीआइपी टिकटको मूल्य ४ हजार रहेको क्लबले जानकारी दिएको छ । त्यसैगरी क्लबका अनुसार अन्य टिकटको मूल्य भने ३ हजार रहेको छ ।

इभेन्टमा क्लबले प्रतिबन्ध गरिएका सामग्री लैजान पाइने छैन । झोला, बाहिरबाट खाना लैजान नपाइने, गोप्रो क्यामेरा, अवैध हातहतियार, व्यावसायिक क्यामेरा, बाहिरबाट मदिरा र इ-सिग्रेट जस्ता अन्य सामग्री लैजान नपाइने भएको छ ।

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । क्लबमा बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् ।

त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स' विश्वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औं स्थानमा राखेको हो । यसमा पाँच सय क्लब सहभागी भएका थिए। 

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।