तस्बिरमा हेर्नुहाेस् तातेको सर्वाेच्च अदालत परिसर

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद् सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् ।
नेपाल बार एसोसिएसनकै नेतृत्वमा कानुन व्यवसायी सर्वाेच्च अदालतमा धर्नामा बसेका हुन् । कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद् सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदलाई पत्र पठाएको छ ।
उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वाेच्च अदालत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वाेच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका हुन् ।
एकाएक बुधबार दिउँसोबाट सर्वाेच्च अदालत परिसरमा भीडभाड बढेको छ । १० महिनापछि जबरा सर्वाेच्च आउन लागेका र उनलाई रोक्न कानुन व्यवसायी धर्नामा बसेका छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_LSJnMpF0nI_k9o5nzfiw1kor8bfsqkn3rowveygt8dpvtnybocoqjjowptvtg4welnopfei.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया