नेपथ्य टिमलाई हेटौंडामा स्वागत, भोलि नेपथ्य लाइभ कन्सर्ट हुने

मकवानपुर- मकवानपुरको हेटौंडास्थित भुटनदेवी चौरमा भोलि मंसिर २२ गते हुने ‘नेपथ्य लाइभ कन्सर्ट’ का लागि नेपथ्य समूह हेटौंडा आइपुगेको छ ।
'मानवताका लागि संगीत' भन्ने नाराका साथ मानव सेवा आश्रमले गर्न लागेको कन्सर्टमा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङसहितको टिमलाई स्वागत गरे । नेपथ्य टिमलाई हेटौंडाका स्थानीयले ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ बोलको गीत गाउँदै गायक गुरुङलाई स्वागत गरेका थिए ।
वीरगञ्जको कार्यक्रम सकेर नेपथ्यको टोली हेटौंडा आइपुगेको हो । नेपथ्यले कन्सर्टका लागि चाहिने उच्च स्तरका प्रविधि सबै काठमाडौँबाट ल्याएको छ । पाँच वटा ट्रकमा सामान ल्याइएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ । आन्तरिक तयारी पुरा भएको छ भने नेपथ्यको प्राविधिक टोलीले स्टेज बनाउन थालिसकेको छ । फिल्ड र स्टेजको काम आज साँझसम्म हुने आश्रमले जनाएको छ ।
मानवीयताको बीउ रोपिएको हेटौंडा मानवसेवा आश्रमको केन्द्रीय कार्यालय भएको सहर पनि हो । मानवता प्रवर्द्धनका साथै हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरूको संरक्षण र पालन पोषणको सहयोगार्थ भोलि २२ मंसिरमा ‘नेपथ्य लाइभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/पप गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रमको तयारी तीव्र भएको र टिकट बिक्री करिब करिब सकिएको मानवसेवा आश्रम हेटौंडाले जनाएको छ ।
मानवता प्रवर्द्धनका लागि मुलुकका प्रमुख १० सहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन (स्व. राज्य थापा स्मृति भवन) को निर्माण कार्य सम्पन्न भए पनि बालबालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरू निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरू आश्रित छन् ।
कन्सर्ट यही मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।
अन्तिम कार्यक्रमका रूपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागी हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया