स्पेनलाई हराएपछि मोरक्को समर्थकहरूको लण्डनमा खुशीयाली (तस्बिरहरू)

लण्डन- कतारमा जारी फिफा विश्वकप २०२२ मोरक्कोले स्पेनलाई हराएपछि लण्डनमा उत्सव मनाएका छन् । मोरक्कोका समर्थकहरू लण्डनको ट्राफलगर स्क्वायरमा उत्सव मनाएका हुन् ।
मंगलबार राति भएको प्रि-क्वार्टरफाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै मोरक्कोले क्वार्टरफाइनल स्थान बनाएको छ ।
पेनाल्टीमा स्पेनका लागि सर्जियो बुस्केट, पाब्लो साराबिया, कार्लोस सोलरले गोल गर्न सकेनन् ।
मोरक्कोका लागि अचरफ हाकिम, अबदेलहमिद साबिरी, हाकिम जिएचले गोल गरे । बादर बेनोनले भने गोल गरन् सकेनन् ।
यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा दुबै टिम गोलरहित बराबरीमा रहे ।
स्पेनले ७५ प्रतिशत भन्दा बढी बलमाथि नियन्त्रण जमाएपनि गोल भने गर्न सकेको थिएन ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया