कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने

काठमाडौं- कर्णाली प्रदेश सभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघि धेरै दलहरू देखिए पनि यस्ता दलहरूलाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएकाे छ । यस प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको मात्रैकाे प्रतिनिधित्व हुनेछ ।
कर्णाली प्रदेशसभामा कांग्रेसले ९ सिट जितेको छ। यहाँ माओवादी केन्द्रले पनि ९ सिटमै जित निकालेको छ । एमालेले भने ५ सिट जितेको छ । प्रदेश सरकार गठनमा कर्णाली प्रदेशमा रोचक माहौल देखिने सम्भावना छ ।
बराबरी सिट जितेको कांग्रेस र माओवादीबीच सरकार नेतृत्व कसले लिने भन्नेबारे रस्साकसी हुनेछ । दुई दलले आ-आफ्नो नेतृत्वमा सरकार गठन गर्नु पर्ने दाबी रहँदा किचलो देखिन सक्नेछ ।
उनीहरूबीच यस विषयमा सत्ता सहकार्यका लागि एमाले र स्वतन्त्र सांसद निर्णायक हुनेछन् । एमाले र स्वतन्त्र सांसदलाई साथमा लिएर कांग्रेस र माओवादीमध्ये जसले बहुमत पुर्याउन सक्छ सो दलको नेतृत्वमा सरकार बन्न सक्नेछ । बराबर सिट पाएर पनि उनीहरूमध्ये एकले प्रतिपक्षमा बस्नुपर्नेछ ।
यद्यपि, संघीय सरकारमा कांग्रेस, माओवादी एउटै गठबन्धनमा रहेकाले प्रदेश तहमा समेत सोही गठबन्धनले निरन्तरता पाउने सम्भावना पनि छ । कर्णाली प्रदेश सभाका स्वतन्त्र सांसद भने ५९ वर्षीय देवेन्द्रबहादुर शाही हुन् । उनी जुम्ला 'क' बाट ९ हजार ६५४ मतसहित विजयी भएका हुन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_VQcD2rfimc_xjushv3iw3zywtxfrh5rgv9kasene19b2scmxwscrxs1cvbbw4ykkziptj0s.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया