खोटाङको माटोमा देखियो अधिक अम्लीयपन

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटोमा अम्लीयपन अधिक देखिएको छ ।
नवौं विश्व माटो दिवसको अवसरमा सोमबार दिक्तेलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जय पण्डितले १७ र १८ मंसिरमा डिजिटल स्वाइल ल्यावबाट गरिएको परीक्षणका क्रममा माटोमा अम्लीय र क्षारीयपनको मात्रा अधिक देखिएको जानकारी दिएका हुन् । माटोको ३० वटा नमूना परीक्षण गर्दा १५ अम्लीय, १२ क्षारीय र ३ वटा तटस्थ नमूना पाइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा किट बक्सबाट माटो परीक्षण गर्दा पनि नगरपालिकाको माटोमा अम्लीय र क्षारीयपनको मात्रा अधिक देखिएको जनाइएको छ । ५१ वटा नमूना परीक्षण गर्दा १३ अम्लीय र ३८ क्षारीयको नमूना फेला परेको हो । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रसार अधिकृत पण्डितले कार्यपत्रमा उल्लेख गरेका छन् ।
बिग्रँदै गएको माटोको स्वास्थ्य सुधारका लागि प्रांगारिक पदार्थको व्यवस्थापन, बाली चक्रमा कोशेबालीको समावेश, मिश्रित बाली, अन्तर बाली र बहुबाली प्रणालीलाई अलवम्बन गर्ने, एकीकृत खाद्य तत्व व्यवस्थापन पद्धति अवलम्बन गर्नेमा ध्यान दिनुपर्ने माटो विज्ञहरूले सुझाव दिएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खोटाङका प्रमुख श्रीधर खनालले यही अवस्था रहे आगामी तीन सय वर्षसम्ममा विश्वको माटोमा मरुमूभीकरणको खतरा रहेको जानकारी दिए । प्रमुख खनालले प्रांगारिक श्रोत, बाली व्यवस्थापन, रासायनिक मल व्यवस्थापनलगायतमा ध्यान दिनसके माटोको व्यवस्थापन गर्न सकिने उल्लेख गरे । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले ‘माटोको परिचय र माटोको महत्व’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, कृषिविज्ञ मदन राईले ‘मानव जातीको जननी बिरुवा र बिरुवाको जननी माटो’ भएको चर्चा गरेका थिए ।
खोटाङमा दिक्तेल कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभद्रा मदन फाउण्डेसनको संयुक्त आयोजनामा विश्व माटो दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले माटोको विषयमा चर्चा–परिचर्चा गरेका थिए । न्युज कारखाना

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया