त्रिशुल बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- त्रिशुल बचत तथा ऋण सहकारी संस्था सिद्धार्थनगर १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
रूपन्देहीस्थित सहकारीका संस्थाको साधारणसभामा नियमित बचत जम्मा गर्ने उत्कृष्ट बचतकर्ता माया देवी रसाइली, असल ऋणी हरिहर मुखीया, भगवती श्रेष्ठ र कर्मचारीहरूमा वित्तीय व्यवस्थापन तथा बजारीकरणमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुर्गा भुसाल र सदस्यता अभिवृद्धिमा उत्कृष्ट कार्य सम्पादन गर्ने गीता खनाल प्रशंसा पत्रसहित सम्मानित भएका हुन् ।
साधारणसभा संस्थाका उपाध्यक्ष धर्मेन्द्रकुमार श्रेष्ठले स्वागत तथा प्रबन्धक सरिता रानाले सञ्चालन गरेकी थिइन् । धीराकुमारी क्षेत्रीको अध्यक्षता उद्घाटन सत्रमा संस्थाका सल्लाहकार गोबिन्दप्रसाद रेग्मी , सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमल कान्त खनाल, वडा नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, राष्ट्रिय सहकारी बैंक सिद्धार्थनगरका प्रबन्धक आलोक सिवाकोटी, सिटिजन्स लाइफ इन्स्योरेन्स भैरहवाका प्रमुख सन्तोष खनाल समेतले शुभकामना दिएका थिए ।
लेखा संयोजक केशवराज चुदालीले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन अध्यक्ष क्षेत्री, आर्थिक प्रतिवेदन सचिव नलिन शर्मालगायतले पारित गरेका छन् ।
करिब १७०० शेयर सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा बाल कलाकारद्वारा नृत्य प्रदर्शन समेत गरिएको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को नाफा बाँडफाँटबाट शेयर लाभांश कोषमा रहेको रकम मध्येबाट ९ प्रतिशतका दरले शेयर लाभांश बाँड्ने समेत निर्णय गरेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया