सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

शिवम् सिमेन्टले ल्यायो 'शिवम्‌सँग उपहार टन्न' योजना

काठमाडौं– शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै “शिवम्सँग उपहार टन्न” नामक सर्वाधिक धनराशिको ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त कुपन स्क््रयाच गरि दुई सयदेखि पाँच सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सकिनेछ । सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन् ।

जसअनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई  हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्नेछन् ।

अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेश नभई मेघा लक्की ड्रमा मात्र समावेश गरिने छ । मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् । लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने कम्पनीले जनाएकाे छ । 

यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपाल भर लागू गरिएको छ ।