स्नातक अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति

गौरादह - झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । निम्न आय भएका बुहारीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उनको भनाइ छ ।
छात्रवृत्तिका लागि बुहारीहरूले बिवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए ।
क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए । उनका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरूले निवेदन पेस गरेका छन् ।
नगरपालिकाका प्रमुख सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया