इराककी अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो

बगदाद : इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगो लागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि प्राप्त समाचारमा शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी व्यक्ति घाइते भएको बताइएको थियो ।
इराकीहरूले सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका दृश्यहरू देखिएका छन् ।
इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले घटनाप्रति दुःख व्यक्त गर्दै यस ‘दुःखद दुर्घटना’को कारण खोल्न तत्काल अनुसन्धान गर्ने बताएका छन् । आगलागीपछि उद्धार अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका थिए ।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो । अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए । घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्याइएको छ।
इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ । (एएफपी)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया