हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ

धनुषा- धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्या अभियोगमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको जनाएको छ ।
सोही नगरपालिका ४ रमौलस्थित जग्गाको विषयमा हिजो वादविवाद हुँदा उनीहरूले ५३ वर्षका प्रभु यादवलाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाने क्रममा मृत्यु भएको थियो । त्यस क्रममा अन्य तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया