यी नौ जिल्ला जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

काठमाडौँ : कोभिड १९ को संक्रमण नेपालमा पनि नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको छ । आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ ।
सीसीएमसीले पहाडी (गाउँ क्षेत्र) मा दुई सय संक्रमित र सहरी क्षेत्रमा पाँच सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न भनेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँसहित देशका विभिन्न नौ जिल्लामा (आइतबारसम्म) पाँच सय बढी सक्रिय संक्रमित छन् । यी जिल्लामा छिटै निषेधाज्ञा हुन सक्नेछ ।
पाँच सय भन्दा धेरै कोभिडका सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर भक्तपुर, मोरङ, पर्सा, कास्की, रुपन्देही, बाँके र दाङ छन् । बाँकेमा जिल्ला प्रशासन कार्यालयले भोलि राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भइसकेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या धेरै भएको अर्काे जिल्ला रुपन्देहीमा पनि सोमबारदेखि जोरबिजोर प्रणाली हुँदैछ । सरकारले भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया