निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जनबढी विद्यार्थी पक्राउ

धनगढी- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फाएर र अश्रु ग्यास प्रहार गरेकाे छ ।
हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।
बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो । उनको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
घटनापछि विद्यार्थी ताडफोडमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका बाबजुद पछि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागी मध्ये एक दर्जनभन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तल, निर्माण कम्पनी र प्रशासनबीच जिप्रकामा छलफल चलिरहेको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया