'को होला त्यो’ गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह

काठमाडौँ- 'को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ जस्ता हिट लोकपप गीतका गायक सुनिल गिरीले लगनगाँठो कसेका छन् । गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन् । गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरु स्वयमले अभिनय समेत गरेका छन् ।
विवाहको खबर आफ्नो म्यूजिक भिडियो बनाएर सार्वजनिक गर्ने गिरीको यो शैलीलाई धेरैले रुचाएका छन् । नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिगं विवेक बिकले गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया