कोभिड व्यवस्थापनमा सहयोग गर्न विवेकशील साझाको १० बुँदे सर्कुलर (पत्रसहित)

काठमाडौँ : विवेकशील साझा पार्टीले कोभिड १९ संक्रमण रोकथामको लागि आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्न आह्वान गरेको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले पार्टीको तहगत समिति, आङ्गिक संगठन र पार्टीको सदस्यलाई पत्र पठाएर कोभिड व्यवस्थापनमा लाग्न यस्तो सर्कुलर गरेको हो । उक्त पार्टीले २५ जना भन्दा धेरै सहभागी हुने गरी कार्यक्रम नगर्न र नगराउन पनि सबैलाई आग्रह गरेको छ ।
‘सबै आङ्गिक सङ्गठन तथा पार्टीका समितिहरूलाई जनचेतनामूलक कार्यक्रम संचालन गर्न, रक्तदान, निको भएका सङ्क्रमितको प्लाज्मा दान, एम्बुलेन्स लगायतका अत्यावश्यक वस्तु र सेवा प्रदानमा सहजीकरण गर्न स्वः स्फूर्त नेतृत्व लिन निर्देश गरिन्छ,’ विवेकशील साझाले गरेको सर्कुलर पत्रमा भनिएको छ, ‘आफूसँग उपलब्ध भएका भवन, सवारी साधन, सञ्चार उपकरण वा कुनै पनि सामाग्री सरकारले आव्हान गरेमा वा स्थानीय स्तरमा आवश्यक परेमा उपलब्ध गराउन प्रोत्साहित गरिन्छ।’
सर्कुलर पत्र

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया