एनएसलः पोखरा रक्षापंक्तिमा चुक्दा बुटवल लुम्बिनीको महत्वपूर्ण जित

काठमाडौँ: काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले आइतबार साँझ पोखरा थन्डर्समाथि २-० को जित दर्ता गरेको छ । पोखरा थन्डर्सको रक्षापंत्तिले गरेका गल्तीको फाइदा उठाउँदै बुटवल लुम्बिनीले लिगमा विजयी सुरुवात गरेको हो ।
बुटवल लुम्बिनीका लागि पहिलो गोल विदेशी स्ट्राइकर अर्मान्ड बिडौमले गरे । पहिलो हाफको उर्ताद्दमा बिडौमको प्रहार पोखराका रक्षक अजित भण्डारीसँग ठोक्किँदै जाली चुम्यो ।
बुटवल लुम्बिनीका रक्षक मानबहादुर परियारले लामो फ्रि-किक प्रहार गरेका थिए । सोही फ्रि-किकबाट आएको बललाई अफ्रिकी मुलुक चाडका बिडौमले नियन्त्रणमा लिँदै प्रहार गरे । जुन खेलको पहिलो गोलमा परिणत भयो । बिडौम खेलको म्यान अफ दि म्याच पनि घोषित भए ।
बुटवल लुम्बिनीको दोस्रो गोलमा पनि अजित जोडिए । ७६ औँ मिनेटमा बुटवल लुम्बिनीका विङ्गर अमिर श्रेष्ठले आफ्ना सहकर्मीलाई दिएको पासलाई अजितले क्लियर गर्न खोज्दा आत्मघाती गोल बन्यो ।
विजयी टिम बुटवल लुम्बिनीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले दोस्रो हाफमा सुमन लामाको प्रवेश पछि खेलमा आफ्नो टिम हाबी भएको बताए । ‘पहिलो हाफमा हामी सेट हुन सकेनौँ । तर दोस्रो हाफमा हामी विपक्षविरुद्ध हाबी भयौँ । विशेषगरी सुमन मैदान प्रवेश गरेपछि,’ सनोजको भनाई थियो ।
उता पराजित टिमका प्रशिक्षक राजेश शाहीले आत्मघाती गोलले खेल परिवर्तन गरेकने प्रतिक्रिया दिए । एनएसलमा आइतबार नै सम्पन्न अर्को खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई ३-० ले हराएको थियो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया