मकवानपुरमा मास्क बाड्दैँ प्रहरी र स्वास्थ्यकर्मी
थप २३ जनालाई कोभिड पुष्टि

हेटौंडाः मकवानपुरमा २३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । हेटौंडाको २१ जना, मकवानपुरगढी र भीमफेदीको एक एक जनामा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएको हो । यसैगरी आजबाट गौरीटारमा सञ्चालनमा आएको आइसोलेसन वार्डमा एक जना संक्रमित बसेका छन् ।
उनको अवस्था सामान्य रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । आजबाट हेटौंडा उपमहानगरपालिकाले गौरीटारमा १५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डमा भने तीन जना संक्रमितहरु रहेका छन् । उनीहरुको अवस्था सामान्य भएको र एक जनामा निमोनिया देखिएको अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताए । यससँगै मकवानपुरमा हालसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको संख्या ४ हजार ५० पुगेको छ । जिल्लामा कोभिडका कारण ३४ जनाको मृत्यु भइसकेको छ ।
यसैबिच कोभिड–१९ को दोस्रो लहर बढ्दै गएपछि सर्वसाधारणलाई सचेत रहन तथा मास्क प्रयोग गर्न आग्रह गर्दै मकवानपुरमा प्रहरी र स्वास्थ्यकर्मीले सडकमा सार्वजनिक अपिल गरेका छ्न । नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली मकवानपुरका विभिन्न स्थानमा पम्प्लेटसहित मास्क लगाउन आग्रह गर्दै सडकमै आएर सार्वजनिक अपिल गरेका हुन् ।
कोभिड–१९ बाट बच्नका लागि ‘तपाईको मास्क खोई ?, हातले नाक एवम् मुख छोइरहने बानी हटाउनुहोस्, भिडभाड भएको ठाउँमा जरुरी अवस्थामा बाहेक नजानुहोस्, अनावश्यक काममा घरबाट बाहिर ननिस्कौं, लगायतका जनचेतनामुलक नारा लेखिएको पम्प्लेटसहित टोलीले हेटौंडा बजारमा नागरिकलाई सचेत गराएका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया