शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

बलात्कार गरेको आरोपमा ६१ वर्षीया ज्ञान बहादुर पक्राउ

फाइल फोटो

काठमाडौँ - उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका- ४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेको प्रहरीले पक्राउ जनाएको छ । 

गत भदौमा ज्ञानबहादुर र सोही ठाउँका ३५ वर्षीय टीकाराम बिसुङ्खेले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । हाल फरार रहेका अर्का अभियुक्त टिकारामको खोजी भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।