ग्राहकको सवारीसाधन सडकमा पार्किङ गर्न पाउनुपर्ने माग राखी बागबजार बन्द गरे व्यापारीले

काठमाडौँ - सडक किनारमा काठमाडौं महानगरपालिकाले बिहीबार पार्किङ निषेध गरेपछि बागबजार क्षेत्र बन्द भएको छ । सडकमा ग्राहकको सवारीसाधन पार्किङ गर्न नपाएको भन्दै व्यापारीले बागबजार बन्द गरेका हुन् ।
व्यापारीले ग्राहकको सवारीसाधन सडकमा पार्किङ गर्न पाउनुपर्ने भन्दै विरोध गरेका छन् । सडक किनारामा पार्किङ गर्न पाउनुपर्ने मागसहित बागबजारका व्यापारीहरूले सडक र पसल बन्द गरेर आन्दोलन थालेका हुन् ।
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सडक सवारीसाधनका लागि मात्र भएकाले पार्किङ गर्न नदिएको बताए । ट्राफिक प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले पार्किङ हटाएको हो,' उनले भने,' फुटपाथ पैदलयात्रीका लागि हो । सडक सवारीसाधनका लागि हो ।'
उनले सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने धारणा राखे । सडकमा रहेको पार्किङ जसरी पनि हटाउँछौ,' उनले थपे ।

राशिफलमा यस्तो छ तपाईंको भाग्य

१६५ युवा सांसदले लिए शपथ

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

जलवायु कदम ऐच्छिक नभएर कानुनी दायित्व हुने अन्तरराष्ट्रिय अदालतको निर्णय

भारत पुर्याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

प्रतिक्रिया