एक महिनामै पाैने लाख पर्यटक नेपाल भित्रिए

काठमाडौँ- ११ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्ममा विभिन्न मुलुकका विदेशी नागरिकसहित कूल ५ लाख ४६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका हुन् ।
नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ पर्यटक भित्रिएका छन् । युरोपेली मुलुकबाट मात्र १७ हजार २२९ पर्यटक प्रवेश गरेका हुन् ।
दक्षिण एशियाली मुलुकबाट २४ हजार ५९९ पर्यटक आएका छन् । बंगलादेशबाट २ हजार २१८, भारतबाट २० हजार ५३२, पाकिस्तान ३३७, भुटान ४९४ र श्रीलंकाबाट १ हजार १८ पर्यटक प्रवेश गरेका हुन् ।
एक महिनामै बेलायतबाट मात्र ५ हजार १६५ पर्यटक आएका थिए । त्यसैगरी अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन् ।
सन् २०२२ अक्टोबरसम्ममा ८५ हजार २२६ विदेशी पर्यटक बाहिरीएका छन् ।
बोर्डका अनुसार सन् २०२० १ हजार ९५६, सन् २०२१ मा २६ हजार १३५ र २०२२ को नोभेम्बर महिनासम्ममा ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया