दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्युु

सप्तरी । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।
स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए ।
दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ रहेको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया