युट्युवमार्फत अश्लिलता फैलाएपछि...
काठमाडौ- युट्युवमार्फत अश्लिलता फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नविन खड्कालाई प्रहरीले पक्राउ गरेको हाे ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षार्थ खटाईएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो साझेदारी सेवा युट्युव मार्फत प्रशारण गरिएकाे थियाे । भिडियाेमा विभिन्न आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शव्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भएकाले खड्कालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
श्रव्यदृश्य बनाई युट्युव तथा फेसबुकमार्फत प्रसारण गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया