शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

फाइल फोटो

काठमाडौँ - सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका-११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।