म्यादी माया हत्या प्रकरण : घाइते नेहाको मुखबाट निस्किन्छ टाइगर शब्द, सशस्त्रका जवानमाथि शंका

बैतडी- बैतडीकी भागरती भट्टको बलात्कारपछि विभत्स हत्या भएको एक वर्ष पूरा भयो । तर, यस्ता घटना रोकिएनन् । बैतडीमा पुुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ ।
भागरथीका बुवाको पहिल्यै मृत्यु भइसकेको थियो भने नयाँ घटनाकी मृतकले पनि पहिल्यै बुवा गुमाइसकेकी थिइन् ।
पञ्चेश्वर गाउँपालिका–४ कि २१ वर्षीया माया लुहारको सोमबार घाँटी रेटेर हत्या गरिएको छ भने उनकी भदैनी १५ वर्षीया नेहा पनि घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । गम्भीर घाइते नेहाको अहिले डडेल्धुरामा उपचार भइरहेको छ ।
मृतक मायाको शव शिवनाथको जंगलमा भेटिएको हो भने घाइते नेहा जंगलमै छटपटाइरहेको अवस्थामा भेटिएकी हुन् । नेहाको मुुखबाट अहिले टाइगर भन्ने शब्द मात्रै निस्किरहेको छ । नेहाले भनिन्, ‘मलाई मोबाइल दिएर टाइगरले मायालाई जंगलमा लगेको थियो । २–३ घण्टापछि आयो र मलाई आक्रमण गर्यो ।’
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजार गएका थिए ।
घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदैनी हुन् । उनीहरुसँगै गएका अन्य दुई जना बेलुका घर फर्किए । तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् ।
कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे । तर, उनीहरु दोस्रो दिन बिहानसम्म पनि सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारजनले इष्टमित्रलाई सम्पर्क गरे, तर केीि पत्ता लागेन ।
त्यसपछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा तीव्रता दिए । नेहालाई बुधबार दिउँसो गोठालोले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा फेला पारे ।
उनी घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटेर हत्या भएको सुनाइन् । गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो ।
मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो । उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए । माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् ।
घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आशंका गरेका छन् । ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।
केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती सशस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया