सुनसरी-४ : कुसियैतसँग मतान्तर घटाउँदै कार्की

विराटनगर - सुनसरी क्षेत्र नम्बर ४ को जारी मतगणनामा सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपा एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतसँगको मतान्तर घटाउन थालेका छन् । रातभरी जारी मतगणनामा ७१ मतले अगाडि बढेका एमालेका कुसियैतसँगको मतान्तर बिहीबार बिहानको मतपरिणाम अनुसार कार्कीले फेरि घटाउन थालेका छन् ।
जारी मतगणना अनुसार अहिले कार्कीकै पकड क्षेत्र रहेको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० को करिब एक हजार ३ सय मतको गणना जारी छ । यो मत गनिसक्दा सुनसरी ४ को सम्पूर्ण गणना सकिने छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका कार्कीले कुसियैतसँगको मतान्तर ३१ मा झारिसकेका छन् । मतगणनास्थलमा उपस्थित भएका कांग्रेस नेता कार्यकर्ताहरू पनि चुनाव जितिने भन्दै उत्साहित बनेका छन् ।
कुसियैतले आफ्नो पकड क्षेत्र रहेको कोसी गाउँपालिका–६ को गणनामा कार्कीलाई उछिनेका थिए । अहिले कुसियैतको मतान्तर फेरि घटिरहेको छ ।
सुनसरी ४ मा संचारमन्त्री कार्कीले मतगणनामा धाँधली भएको आरोप लगाएपछि तीन रोकिएको मतगणना बुधबारदेखि पुन: सुरु भएको थियो । त्यसपछि निरन्तर भएको मतगणनामा कार्की र कुसियैतबीच मतान्तरमा तलमाथि हुने क्रम चलिरहेको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया