दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान

काठमाडौँ- दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।
आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।
कहाँ कहाँ हुँदैछ मतदान ?
-वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’
-वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया