थप ३०३२ जनामा कोभिड पुष्टि, २८ जनाकाे मृत्यु

काठमाडौँ : नेपालमा थप ३ हजार ३२ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ३२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबिस घण्टामा २८ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा देशभर ९ हजार २९२ जनामा परीक्षण गरिएको थियो । जसमा ७८६ जनाको एन्टिजेन परीक्षण सामेल छ । संक्रमितमध्ये ७९ जना क्वारेन्टाइनमा छ्न् ।
२५२ जना आइसीयुमा र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो चौबिस घण्टामा ४५० जना डिस्चार्ज भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोभिड संक्रमणमुक्त दर ९२ दशमलव ५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया