नेपालगञ्जमा निषेधाज्ञा जारी

काठमाडौँ : कोभिड १९ संक्रमण नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगरपालिकाभित्र निषेधाज्ञा लगाएको जनाएका छन् । बैशाख १३ गते राती १२ बजेदेखि बैशाख २० राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
नेपालगञ्ज पछिल्लो समय कोभिडको हटस्पट बनेकाे छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसल, बैंकको एटीएम, जस्ता सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाई सेवा सञ्चालन गर्न पाइने जनाएको छ । एम्बुलेन्स, दमकल, झण्डावाल सवारी, कुटनीतिक सवारी, लामाे दुरीका सवारी तथा मालबाहक साधन, ९ुवानीका साधन, अत्यावश्यक सेवामा खटिएकाले प्रयोग गरेको सवारी, अनुमति प्राप्त सवारीमात्र चल्न पाइने प्रशासनले जनाएको छ ।
तरकारी,खाद्य, दुध, ग्यासका पसलहरू बिहान ६ बजेदेखि ९ बजेसम्ममात्र सञ्चालन हुनेछ ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया