कर्णालीका चार सांसद निष्काशन भएको पत्र प्रदेश सभामा दर्ता

सुर्खेत : फ्लोर क्रस गरी मतदान गरेका चारजना सांसदलाई नेकपा एमालेले प्रदेश सभा सदस्यबाट निष्कासन गरेको छ । निष्कासन गरिएको सूचनासहितको कारबाही पत्र आइतबार कर्णाली प्रदेश सभामा दर्ता भएको हो । नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा फ्लोर क्रस गरी मतदान गरेर सरकार बचाउन भूमिका खेलेको भन्दै चार सांसदलाई निष्कासन गरेका हुन् ।
पदमुक्त हुने प्रदेश सभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् । सांसदहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी गराए । उनले भोली सोमवार हुने प्रदेशसभाको बैठकमा कारवाहीको पत्र छलफलमा लैजाने बताए ।
‘हाउस नचलेको अवस्थामा उक्त पत्र सूचना वोर्डमा टाँस हुने थियो’ उनले भने, ‘हाउस भोलि भएको हुँदा उक्त कारबाही पत्र त्यसमै छलफल हुन्छ ।’ नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

प्रतिक्रिया