'डोजर आतंक मच्चाएर सुकुम्बासीलाई बाँच्न पाउने अधिकारबाट वञ्चित गराउन खोजियाे'

काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो । शहरको सुन्दरताका लागि बस्ती हटाउन खोजे पनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईंटेलले २०४६ सालको आन्दोलनपछि सुकुम्बासी आयोग बने पनि सुकुम्बासीहरूलाई राज्यले व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । लुईंटेलले बागमती सभ्यताका लागि काठमाडौंलाई नमूना शहर बनाउने बालेन शाहले उद्घोष गरे पनि सुकुम्बासीलाई बिचल्ली बनाउन खोजेको भन्दै कडा आपत्ति जनाए ।
थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष मिनकुमार राना मगरले सुकुम्बासी बस्ती भत्काउने महानगरको कुनै प्रतिनिधि र पत्र नआएको र एक्कासि भत्काउन आएको गुनासो गरे । महानगरको टोली जबरजस्ती बस्ती छिर्न खोजेकाले झडप भएको उनको भनाइ छ ।
संयुक्त सुकुम्बासी मोर्चाका सदस्य तथा थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका सदस्य विजय मगरले आफूहरू सो बस्तीमा २०६२ साल पुस २ गतेदेखि बस्दै आएको बताए । डोजर आतंक मच्चाएर त्यहाँका नागरिकको शिक्षा, स्वास्थ्य र बाँच्न पाउने अधिकारबाट वञ्चित गराउन खोजिएको उनको भनाइ छ ।

राशिफलमा यस्तो छ तपाईंको भाग्य

१६५ युवा सांसदले लिए शपथ

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

जलवायु कदम ऐच्छिक नभएर कानुनी दायित्व हुने अन्तरराष्ट्रिय अदालतको निर्णय

भारत पुर्याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

प्रतिक्रिया