‘नेपालमा कोभिड परीक्षण मात्रै गर्न आउने विदेशीको परीक्षण नगर्नू’

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशी नागरिकको पीसीआर परीक्षणका नगर्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी, तिनका परिवार र नेपाल बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय पत्र खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परिक्षण गर्न निर्देशन दिएको हो ।
‘प्रयोगशालाहरुले कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परिक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरीरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परिक्षण गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परिक्षण मात्रै गर्ने गरी आएर कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परिक्षण नगरीदिनु हुन नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ ।’
मन्त्रालयले निर्देशन विपरित परीक्षण गराएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थालाई कारबाही गर्ने पनि जनाएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया