हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।
प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो। अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।
तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया