बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ - बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका(२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली रहेको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले न्यौपानेलाई बालकुमारीबाट आइतबार र पराजुलीलाई भक्तपुरको चाँगुनारायणबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उच्च अदालत पाटनको १४ मंसिर २०७८ को फैसलाले बैंकिङ कसुर मुद्दामा देवीकृष्ण न्यौपानेलाई नौ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय र सोही अदालतको १५ साउन २०७९ को फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।
उनीहरूले पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकामध्ये न्यौपानेलाई जिल्ला अदालत ललितपुर र मुकुन्दप्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया