अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठग्ने पक्राउ

काठमाडौँ - अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलोभन देखाएर लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ३० वर्षीया धनकुमारी ओली रहेका छन् ।
श्रेष्ठले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख सात हजार रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएका थिए ।
धनकुमारीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगलका प्रतिष्ठित होटेलमा जागिर लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएकी थिइन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया