सुनसरी–३ मा चौधरी र गच्छदारबीच फराकिलो मतान्तर कायमै
काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सुनसरी ३ मा जारी मतगणनामा नेकपा एमाले र नेपाली काँग्रेस प्रमुख प्रतिस्पर्धी छन् । एमालेकी भगवती चौधरी र काँग्रेसका विजयकुमार गच्छदार उम्मेदवार रहेको उक्त क्षेत्रमा एमालेकी चौधरीले निरन्तर अग्रता बढाइरहेकी छिन् ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार एमालेकी चौधरीले ३१ हजार १४५ मतसहित अग्रस्थानमा छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गच्छदार २६ हजार ५८८ मतका साथ दोस्रो स्थानमा छन् । उनीहरू बीच ४ हजार ५५७ को फराकिलो मतान्तर रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनाली ६ हजार २० मतसहित तेस्रो स्थानमा छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया