कोभिड संक्रमणबाट गुल्मीमा एकको मृत्यु

गुल्मी : कोभिड-१९ भाइरस संक्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोट गाउँपालिका-३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गएराति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।
गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै घरमै ज्यान गएको बताइएको छ ।
विश्वभर फैलिएको कोभिडको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् । (रासस)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया