शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

हाल देशभर काेभिडका २ सय ६३ सक्रिय संक्रमित

काठमाडौँ- नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५ सय १२ पिसिआर परीक्षणका क्रममा ३ जना र ४ सय २८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

कोभिडका कारण थप कसैको पनि मृत्यु नभएको र थप ३८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।