मोटरसाइकल दुर्घटनामा राईको मृत्यु

दमक : मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका-२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया