गाईभैँसीमा ‘लम्पि स्किन’

नवलपरासी - (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ (एक प्रकारको सङ्क्रामक सरुवा रोग) देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाईंले बताए । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो । देवचुली नगरपालिकासहित गैँडाकोट र कावासोतीमासमेत गाईभैँसीमा रोग देखिएको छ ।
नवलपुरमा गत असोजदेखि फाट्टफुट्ट ‘लम्पि स्किन’ रोग देखा परेकामा अहिले जिल्लाका विभिन्न पालिकामा समेत फैलिएको उनले बताए । देवचुली नगरपालिकामा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको उनको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिँदै गएको कार्यालय प्रमुख गुरागाइँले बताए ।
‘असोजमा फाट्टफुट्ट देखिएको थियो, अहिले विभिन्न पालिकामा फैलिएको छ`, उनले भने । देवचुलीका १३ गोठबाट नमूना संकलन गरिएको थियो । सत्तरी ७० प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गुरागाइँले बताए ।
किर्ना, भुसानाबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उनले बताए । रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको गुरागाइँको भनाइ छ । `खोप उपलब्ध नहुँदा थप समस्या भएको छ, सरकारले खोप खरिदको निर्णय गरिसकेको छैन, सङ्क्रमण देखिएको पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ`, उनले भने । रासस

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया