'कितियाले खिचेको फोटो फेक' भन्दै अमेरिकी दूतावासले हटायो फेसबुकबाट पाेष्ट

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले केही समय अघि पोष्ट गरेको कथित फोटोग्राफर कितिया पावलोव्स्कीले खिचेको हिउँ चितुवासम्बन्धी फोटो दूतावासको फेसबुक पेजबाट हटाएको छ । दुई साताअघि दूतावासले कितियाले खिचेको फोटो पोष्ट गरेको थियो ।
शनिबार कितियाले हिउँ चितुवाको फोटो खिचेको नभइ फोटोसपबाट बनाएको भनेर समाचार प्रकाशित भएको थियो । अल्पाइन म्याग्जिनमा कितियाले खिचेको फोटो फेक रहेको भनी प्रकाशन गरेको थियो ।
दूतावासले नोभेम्बर ७ मा उक्त फोटो आफ्नो पेजमा सेयर गरेको थियो ।
अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रको ५५ सय मिटरमा हिउँ चितुवाको तस्बिर खिचेको भन्दै दूतावासले फेसबुकमा पोस्ट सेयर गरेको थियो । दूतावासले नै सेयर गरेको जानकारीलाई आधिकारिक मानेर धेरै मिडियाले त्यसलाई समाचार बनाएका थिए । सामाजिक सञ्जालमा कितियाले खिचेको भनिएको हिउँ चितुवाको तस्बिहरू भाइरल समेत भएका थिए ।
अल्पाइन म्याग्जिनमा कितियाले खिचेको फोटो फेक रहेको भनी प्रकाशन भएकाे समाचार :

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_Pi79PEkbCk_zaimcrfycqxnuucpanejfo8b0ogjsadbxefetzvkq41cwhhmhhds7nhnzu4v.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया