झलनाथले हार स्वीकार्न नसक्दा धाँधली भएको आरोप : युवा संघका नेता पौडेल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हार स्वीकार्न नसक्दा धाँधली भएको आरोप लगाएको राष्ट्रिय युवा संघ नेपालका नेता निरोज पौडेलले बताएका छन् ।
'यदि चुनावको दिन घटना भएको थियो भने तत्काल नै भन्नुपर्ने थियो,' उनले भने, 'तर, त्यसो भएन अहिले आएर मिडिया बाजी गर्दा बाँकी रहेको इज्जत पनि जाने निश्चित छ ।'
झलनाथले विकास नगरेको र पार्टी फुटाएको विषयमा रिसाएर भोट नदिएको उनको भनाइ छ । 'निर्वाचनको परिणाम आउँदै गएपछि प्रतिक्रिया जनाउनु भनेको हार स्वीकार गर्न नसक्नु हो,' उनले थपे, 'लोकतन्त्रमा हार र जीत दुवै सुन्दर पक्ष हुन् । जनताले दिएको मतको कदर गर्नुपर्छ । अपमान गर्नु भएन ।'
झलनाथले मिडिया बाजी गर्दा बाँकी रहेको इज्जत जाने उनको भनाइ छ । ‘सरकारी स्रोत, साधन र शक्ति रहँदा कसले धाँधली गरेका होलान्,’ उनले प्रश्न गर्दै भने ।
इलाम १ मा ५९ हजार ९०६ खसेको थियो । आज सातौं दिनमा करिब ४० हजार मत गणना भइसकेको उनले जानकारी दिए । उक्त क्षेत्रमा महेश बस्नेत अघिअघि र झलनाथ खनाल पछिपछि छन् ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया