बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

दीपक बोहोराको पछिपछि बालकृष्ण खाण, कसले कति मत पाए ?

रुपन्देही- रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोराले अग्रता कायम राखेका छन् । बोहोराले ३२८४८ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१००६ मत पाएका छन् । बोहोरा र खाणबीच १८४२ मतान्तर रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुपता तेलीले ५५३६ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले १७३० मत पाएका छन् ।