परीक्षा रोक्न माग गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । कोभिड १९ सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए ।
अनेरास्ववियु अध्यक्ष गजुरेलसहित नेपाल विद्यार्थी सङ्घका विक्रम बुढा, अखिल क्रान्तिकारीका गणेशराज मिश्रा, अखिल क्रान्तिकारीका अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौँका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीका बेला परीक्षा सञ्चालन कार्य रोक्न विश्वविद्यालयसँग माग गरेका छन् ।
विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन् । कोरोनाको सङ्क्रमित विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन र आइसोलेसनको यथाशीघ्र व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन् । रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_lIyjC0pRSJ_4dz46vpcpiut3vphzk6oj9j86cl2zgedve5gb0yoq9g0sl91ourphoudr4ex.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया