सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

कोभिडले संविधानसभा सदस्य सिद्दिकीको मृत्यु

काठमाडौँ : कोभिड १९ संक्रमणबाट संविधानसभा सदस्य मोहमदी सिद्दिकीको मृत्यु भएको छ । कोभिड संक्रमित भएपछि भेरी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेपालगञ्ज स्थायी घर भएकी सिद्दिकीको शनिबार मृत्यु भएको हो ।

मुश्लिम समूदायको हक हितका लागि आफ्नो जीवन समर्पण गरेकी सिद्दिकी राजनीतिमा मुश्लिम समुदायबाट एक्लै होमिएकी थिइन् । पछिल्लो केही दिनयता कोभिड संक्रमित भएपछि अस्पतालमै उपचारारत उनको शनिबार बेलूकी मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।